काठमाडौं– सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।
निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास (एलपी) तथा हवाई इन्धनको मूल्य बढाएको हो । पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको छ ।
२ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य ११३ रुपैयाँ कायम भएको छ ।
यस्तै, खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाइएको छ । अब एक सिलिण्डर ग्यासको मूल्य १४ सय ५० पर्नेछ ।
निगमले हवाई इन्धनमा आन्तरिकतर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन अन्तर्राष्ट्रिय उडानमा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७७० प्रति किलोलिटर कायम गरिएको छ ।





प्रतिक्रिया