अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्रिपाठीको टिप्पणी– ‘कोरोना नभएको भए देउवाले बैंकक नै पठाउँथे’

त्रिपाठीको टिप्पणी– ‘कोरोना नभएको भए देउवाले बैंकक नै पठाउँथे’


काठमाडौं– माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल दर्ताको तयारी भइरहँदा नेताहरुलाई चन्द्रागिरि रिसोर्ट लगिएको छ ।

सोमबार राति सबै नेताहरु एकपछि अर्को गरी चन्द्रागिरि गएको समाचारबाट विभिन्न टिकाटिप्पणी भइरहेका छन् । कांग्रेस निकट वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले भने यसलाई अनौठो मान्नुभएको छैन ।

उहाँले भन्नुभएको छ, ‘शेरबहादुरजी प्रधानमन्त्री भएका बखत पनि नेता र सांसदहरूले होटल र रिसोर्टमा थुनिने ‘अवसर’ नपाए कहिले पाउने ? कोरोना सङ्कट नभएको भए बैंककमै बास बस्न पाउँथे सायद ।’