काठमाडौं -लामो समयदेखिको पार्टी विवाद हल भएपछि आज असन्तुष्ट समूह सहितको नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।
हिजो अध्यक्ष केपी शर्मा ओलीले कार्यदलले तयार गरेको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएपछि नेताहरु पार्टी बैठकमा सहभागी हुन तयार भएका हुन् । आजको बैठकमा उपाधक्ष्य भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, सदस्य सुरेन्द्र पाण्डे,रघुजी पन्त लगायत सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।
यसैगरी आजको बैठकका एजेण्डा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल सहितले तयार गर्नुभएको छ ।
नेताहरुका अनुसार आजको बैठकले स्थायी कमिटीबाट १० बुँदे कार्यन्वयनको मोडालिटी तयार गर्नेछ । पार्टीका सबै कमिटीहरुलाई २०७५ जेठ २ मा फर्काउने निर्णय गर्ने एक नेताले बताउनुभयो । आजको बैठकले केही दिनभित्रै केन्द्रीय कमिटीको बैठक बोलाउने समेत निर्णय गर्ने तयारी छ । बैठक आज ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानन च्यासलमा बस्नेछ ।







प्रतिक्रिया