काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले चन्द्रागिरि हिल्स रिसोर्टमा पार्टीको घोषणा पत्र र अन्तरिम विधान वितरण गर्नुभएको छ ।
प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको बैठकका क्रममा अध्ययनका लागि भन्दै पार्टीको अन्तरिम विधान र घोषणापत्र वितरण गरिएको हो।
नेपालले नयाँ पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद लेनिनवाद नै रहेको छ । ‘यस पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद हो। मार्क्सवाद–लेनिनवाद, क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्व दृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त हो,’ घोषणापत्रमा भनिएको छ।
नेपालले बैठकमा ६ पेज लामो घोषणा पत्रसँगै ४३ पेज लामो अन्तरिम विधान पनि बैठकमा छलफलका लागि पेस गर्नुभएको नेता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
विधान
घोषणापत्र







प्रतिक्रिया