काठमाडौं– नेकपा एमालेको स्थायी समिति बैठक चार घण्टा पछि सरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक अपरान्ह ३ बजेका लागि सारिएको हो ।
तयारी पूरा नभएकाले बैठक केही घण्टापछि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
बैठक ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बस्नेछ ।
आजको बैठकमा तेस्रो धारका नेताहरू समेत सहभागी हुँदैछन् ।
नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्ने अन्तिम तयारी गरिरहेका बेला अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच सोमबार भएको छलफलपछि उनीहरू ओलीले बोलाएको बैठकमा सहभागी हुन तयार भएका हुन् ।







प्रतिक्रिया