काठमाडौं– काठमाडौं उपत्यकाभित्र बेलुकी ८ बजेपछि निजी तथा सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय गरिएको छ ।
आज उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले यसअघि बेलुकी सवारी साधन सञ्चालनमा रोक लगाएकोमा अबदेखि सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
‘सचेतना बढाएर बेलुकी ८ बजेपछि पनि निजी तथा सार्वजनिक सवारी साधन चलाउन दिने निर्णय भएको छ,’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भन्नुभयो, ‘निषेधाज्ञा भने भदौ १६ गतेसम्म थप गरिएको छ ।’
पछिल्लोपटक थप गरेको निषेधाज्ञा आज बेलुकी सकिने समय थियो ।





प्रतिक्रिया