अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटी बैठक सुरू, असन्तुष्ट पक्षका नेताहरू पनि सहभागी

एमाले स्थायी कमिटी बैठक सुरू, असन्तुष्ट पक्षका नेताहरू पनि सहभागी


काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ । बैठक च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा सुरू भएको हो ।

बैठकमा पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका १० स्थायी कमिटी सदस्य पनि सहभागी हुनु भएको छ ।

बैठकमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहरा, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त पनि सहभागी हुनुभएको हो ।

यसअघि उहाँहरू अध्यक्ष केपी शर्मा ओलीले बोलाएका स्थायी कमिटी बैठकमा अनुपस्थित हुँदै आउनुभएको थियो । तर, सोमबार अध्यक्षसँग छलफल भएपछि उहाँहरू पनि बैठकमा उपस्थित हुनु भएको हो ।

आजको बैठकका एजेण्डा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल सहितले तयार गर्नुभएको छ ।

नेताहरूका अनुसार आजको बैठकले स्थायी कमिटीबाट १० बुँदे कार्यान्वयनको मोडालिटी तयार गर्नेछ ।