अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीका दुई सांसदलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

लुम्बिनीका दुई सांसदलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार


काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजपछि नेकपा एमालेमा प्रवेश गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट कारबाहीमा परेका लुम्बिनीका दुई सांसदको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

माओवादीबाट उम्मेदवार भई सांसद भएका दधिराम न्यौपाने र दिनेश पन्थीलाई माओवादीले आफ्नो दल त्याग गरेको भन्दै कारबाही गरेको थियो ।

उक्त कारबाहीविरूद्ध उनीहरू सर्वोच्च अदालत गएका थिए ।

न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले उनीहरू दुवै नेकपा एमालेको केन्द्रीय समितिमा भएको भन्दै अन्तरिम आदेश नहुने बताएको छ ।