अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको दशौं महाधिवेशन मंसिर १० देखि १२ सम्म

एमालेको दशौं महाधिवेशन मंसिर १० देखि १२ सम्म


काठमाडौं– नेकपा एमालेले पार्टीको दशौं महाधिवेशनको मिति तय गरेको छ ।

माधव नेपाल समूह छाडेका नेताहरुसहित पहिलोपटक बसेको स्थायी कमिटी बैठकले आगामी मंसिर १०, ११ र १२ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

एमालेले जेठ २ लाई आधार मानेर पार्टी सदस्यता नवीकरण गर्ने, विधान महाधिवेशन आगामी असोज ४, ५ ६ गते काठमाडौंमा गर्नेसमेत तय गरेको छ । विधान महाधिवेशनका लागि दस्तावेज तयार गर्न भदौ २५ र २६ स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

एमालेले आगामी कात्तिक ६ गते वडा र कात्तिक ९ गते पालिका, नगर अधिवेशन गर्ने निर्णय गरेको छ । साथै, भदौ १६ देखि जिल्ला कार्यकर्ता भेला र जनसंगठनका भेला गर्ने तथा भदौ १० गते केन्द्रीय कमिटीको बोलाउने निर्णय भएको छ ।