काठमाडौं– गत पुसमा नेकपा हुँदादेखिकै दुई समूहमा विभाजित भएको एमाले एक ठाउँमा उभिएको छ ।
एमालेमा १० बुँदे सहमति कार्यान्वयनसँगै पहिलोपटक असन्तुष्ट समूहसहितको स्थायी कमिटी बैठक च्यासलमा बस्यो । माधवकुमार नेपालसहित तीन जना स्थायी कमिटी सदस्य नयाँ दल बनाएर बाहिरिए पनि दोस्रो तहका अधिकांश नेता मूलधारमै फर्किनुभयो ।
स्थायी कमिटी बैठकको चहलपहल र रौनक हेर्नलायक थियो । बैठकपछि अध्यक्ष केपी शर्मा ओलीलाई बीचमा राखेर फोटो सेसन भयो ।
तस्बिर सौजन्यः यम पाण्डे
प्रतिक्रिया