अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा २५ जना नयाँ केन्द्रीय सदस्य थपिने

एमालेमा २५ जना नयाँ केन्द्रीय सदस्य थपिने


काठमाडौं– नेकपा एमालेमा २५ जना नयाँ केन्द्रीय सदस्य थपिने भएका छन् ।

आज बसेको स्थायी कमिटीको बैठकले कुल केन्द्रीय सदस्यको १० प्रतिशत संख्या मनोनित गर्ने निर्णय गरेसँगै २५ जना केन्द्रीय सदस्यहरू थपिने भएका हुन् ।

एमालेमा अहिले २सय ४१ जनाको केन्द्रीय कमिटी छ ।

केन्द्रीय कमिटीमा मनोनयन गर्नका लागि उपाध्यक्ष भीम रावल महासचिव इश्वर पोखरेल, उपमहासचिवहरू विष्णु पौडेल, घनश्याम भुसाल स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, लेखराज भट्टसहितको एउटा कार्यदल गठन गरिएको छ ।

यसैगरी, २०७५ जेठ २ गतेको संगठनात्मक ढाँचामा जाँदा आउनसक्ने समस्यालाई हल गर्न सो कार्यदल बनाइएको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।