अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नारायणकाजीले अस्विकार गरेपछि माओवादी प्रवक्तामा महरा

नारायणकाजीले अस्विकार गरेपछि माओवादी प्रवक्तामा महरा


काठमाडौं- नेकपा माओवादी केन्द्रको प्रवक्ता पद नारायणकाजी श्रेष्ठले अस्विकार गरेपछि कृष्णबहादुर महरालाई दिइएको छ।

सोमबार र मंगलबार काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठको स्थानमा महरालाई जिम्मेवारी तोकेको हो। नेकपाको प्रवक्त हुँदा देखि नै श्रेष्ठले प्रवक्तामा बस्न अस्विकार गर्दै आउनुभएको थियो । माओवादीमा पनि उहाँले आफूलाई प्रवक्ता भन्दा अर्को कुनै पद दिन पटक पटक प्रचण्डलाई आग्रह गर्नुभएको थियो । पार्टीमा प्रचण्डपछिको नेता आफू नै भएकोले त्यसै अनुसार जिम्मेवारी पाउनुपर्ने श्रेष्ठको माग थियो । श्रेष्ठलाई भने माओवादी केन्द्रको प्रवास समितिको इन्चार्ज बनाइएको छ।

माओावादीको सोमबार र मंगलबार बसेको बैठकले महरालाई उक्त जिम्मेवारी दिएको हो ।