अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली एमालेका सबै भेला तथा बैठकहरु स्थगित

कर्णाली एमालेका सबै भेला तथा बैठकहरु स्थगित


सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटीले पूर्वघोषित बैठक तथा भेलाहरु स्थगित गर्न मातहतका कमिटीलाई निर्देशन दिनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै बोगटीले सो निर्देशन दिनुभएको हो । प्रदेश कमिटीको गत ३ भदौमा बसेको बैठकले १० वटै जिल्लामा विभिन्न मितिमा जिल्ला कमिटी बैठकहरु गर्ने निर्णय गरेको थियो । ती बैठकहरु अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्न बोगटीले निर्देशन गर्नुभएको छ । ।

एमालेको हिजो बसेको स्थायी समिति बैठकले १० गते केन्द्रिय कमिटी बैठक र १६ गतेदेखि जिल्ला तथा जनसंगठनका भेला गर्ने निर्णय लिएको छ ।