काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहका नेताहरुको बैठक पूर्वमहामन्त्री प्रकाशमान सिंहको घर चाक्सीबारीमा जारी छ ।
बैठकमा वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री सिंहसँगै महामन्त्री डा। शशांक कोइराला, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.मिनेन्द्र रिजाल, डा. शेखर कोइराला, दिलेन्द्रप्रसाद बडु, जीवन परियारलगायत उपस्थित छन् ।
क्रियाशील सदस्यताबारे भएको सहमति, जिल्ला सभापतिहरुले राखेका माग लगायतका विषयमा बैठकमा छलफल हुने जनाइएको छ ।







प्रतिक्रिया