अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मैले ल्याएको अध्यादेश र अहिलेको आकाश जमिन फरक छः अध्यक्ष ओली

मैले ल्याएको अध्यादेश र अहिलेको आकाश जमिन फरक छः अध्यक्ष ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारले ल्याएको अध्यादेश र अहिलेको सरकारले ल्याएको अध्यादेशमा आकाश जमिनको फरक रहेको बताउनुभएको छ ।

स्थायी कमिटीका निर्णयहरु कार्यान्वयन गर्नका लागि बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले आफूले कुनै दल विशेष फुटाउन अध्यादेश नल्याएको जिकिर गर्नुभयो । ‘रातारात अधिवेशन अन्त्य गरेर अध्यादेश किन ल्याउनुपर्यो ?’ उहाँको प्रश्न भयो, ‘यो एमालेलाई विभाजन गर्ने उद्देश्यले ल्याएको स्पष्ट छैन र ?’

अध्यक्ष ओलीले माधवकुमार नेपाललाई जसरी पनि विभाजन गर्न अध्यादेश ल्याएको बताउनुभयो ।

उहाँले अध्यादेशमा माधव नेपालको पक्षमा जति हुन्छ त्यतिकै आधारमा हुने भन्ने लेखेको भए हुन्थ्यो भन्नुभएको छ ।