अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको प्रश्न- ‘संसदले माखो मारेको छ ? सभामुखले के गरिहनुभएको छ ?’

अध्यक्ष ओलीको प्रश्न- ‘संसदले माखो मारेको छ ? सभामुखले के गरिहनुभएको छ ?’


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको प्रतिनिधि सभाले कुनै काम गर्न नसक्ने दोहोर्‍याउनुभएको छ ।

एमालेले बुधबार ललितपुरको च्यासलमा गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘गएको पुसपछि प्रतिनिधि सभाले के गरेको छ ? माखो मारेको छ ?’

अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटा पार्टीको सामान्य कार्यकर्ताभन्दा माथि उठ्न नसके टिप्पणी गर्नुभयो ।

प्रभू साहसहितका ४ जनालाई तुरुन्तै कारबाही गर्नुभएका सभामुखले आफूहरुले कारबाही गरेको साता दिन वितिसके पनि चुपचाप बसेकोमा आश्चार्य प्रकट गर्नुभयो ।