अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव र महन्थको दल दर्ता प्रक्रियाका लागि सनाखत सकियो

माधव र महन्थको दल दर्ता प्रक्रियाका लागि सनाखत सकियो


काठमाडौं– माधव कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई फरकफरक पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखतको काम सकिएको छ ।

प्राविधिक समस्या नआए आजै दल दर्ताको प्रक्रिया टुंगो लाग्न सक्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि नेकपा एमालेबाट अलग भएका नेपालले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबाट अलग भएका महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि आयोगमा निवेदन दिनुभएको थियो । उहाँहरूले दिएको निवेदनअनुसार सनाखत गर्न आयोगले आज दिउँसो २ बजेसम्मको समय दिएको थियो ।