काठमाडाैं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता मेटमणि चाैधरीले छिट्टै नेकपा माओवादी केन्द्र एकता हुने बताउनुभएको छ । सनाखतका क्रममा निर्वाचन आयाेग परिसरमा पत्रकारसँग कुरा गर्दै उहाँले आफूहरूकाे पार्टी चार महिनापछि देशकै सबैभन्दा ठूलो बन्ने दाबी गर्नुभयाे ।
कसरी ठूलाे हुन्छ भन्ने पत्रकारकाे प्रश्नमा चाैधरीले भन्नुभयाे, ‘यही पार्टी वरिपरि राजनीति घुम्छ, एकीकृत समाजवादी र माओवादी केन्द्र, माेहन वैद्य, जनमाेर्चालगायत दलसँग पार्टी एकता हुन्छ, त्यसका लागि आवश्यक छलफल र तयारी पनि भइरहेको छ, हामीबीच कुरा अघि बढेको छ ।’
अहिलेसम्म ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसद्को सनाखत भइसकेको मेटमणिले बताउनुभयाे । निवेदनमा हस्ताक्षर गरेका ५६ जनामध्ये भाष्कर काफ्लेबाहेक अरूले हस्ताक्षर गरेका उहाँकाे भनाइ छ । यसअघि आफूहरूकै समूहमा रहेका नेताहरूले धाेका दिएकाे बताउँदै चाैधरीले भन्नुभयाे, ‘सबै मान्छे युद्धको मैदानमा, लडाईंकाे मैदानमा क्रान्ति गर्न सक्ने ल्याकत राख्न सक्दैनन्, त्याे आँट हामीले माधव नेपालकाे नेतृत्वमा हामीले गर्याैF ।’







प्रतिक्रिया