अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको पार्टीको कार्यदिशा हिमालमा धान र तराईमा फापर फलाए जस्तो : शंकर पोखरेल

माधव नेपालको पार्टीको कार्यदिशा हिमालमा धान र तराईमा फापर फलाए जस्तो : शंकर पोखरेल


काठमाडौं -नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोख्रेलले माधव नेपालको पार्टीको कार्यदिशा हिमालमा धान र तराईमा फापर खेती गर्नुजस्तै भएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले सो पार्टीको राजनीतिक कार्यदिशा र कार्यक्रम वास्तविक धरातलमा नअडिएको उल्लेख गर्नुभएको छ । पोखरेलले जबजको वास्तविकता सकियो भन्नेहरुले नवौं महाधिवेशनमा आफैंले पास गरेको जनताको बहुदलीय जनवाद पढ्न बिर्सिए जस्तो भएको पोख्रेलले बताउनुभएको छ ।
‘जनताको वहुदलीय जनवादले समाजवादको आधार तयार गर्ने सामथ्र्य मात्रै राख्दैन,सिद्धान्तका रुपमा यसले समाजवाद निर्माणमा मार्गदर्शन गर्ने सामथ्र्य समेत राख्दछ ’ पोखरेल लेख्नुहुन्छ ‘जबजको सान्दर्भिकता सकियो भनेर पार्टीबाट बाहिरिनेहरुले आफैंले स्वामित्व लिएको नवौं महाधिवेशनको दस्तावेजलाई पढ्न बिर्से जस्तो छ । वास्तविक धरातलमा नटेकिएको राजनीतिक कार्यदिशा र कार्यक्रम अघि सार्नु भनेको हिमाली क्षेत्रमा धान र तराईमा फापरको खेती गर्न खोज्नु जस्तै हो ।’