अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बोर्ड सञ्चालकबाट ढकालको राजीनामा

बोर्ड सञ्चालकबाट ढकालको राजीनामा


काठमाडौं- सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद विवादमा धितोपत्र बोर्डका सञ्चालकबाट चन्द्र ढकालले राजीनामा दिनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष रहनुभएका ढकाल महासंघको प्रतिनिधित्व गर्दै बोर्डका सदस्य हुनुभएको थियो । उहाँले आफ्नो कार्य व्यस्तताको कारण महासंघको प्रतिनिधिको रुपमा अर्को व्यक्तिलाई पठाउनसमेत महासंघका अध्यक्ष शेखर गोल्छालाई अनुरोध गर्नुभएको छ । ढकालले बोर्ड सञ्चालकमा मनोनयन अघि नै सर्वोत्तम सिमेन्टको सेयर किनेको दाबी गर्नुभएको छ ।

यसअघि मंगलबार नेप्सेका सीईओ चन्द्रसिंह साउदले पनि राजीनामा दिनुभएको थियो । ढकाल र साउदको राजीनामासँगै बोर्ड अध्यक्ष भिष्मराज ढुंगानालाई पनि राजीनामा गर्न नैतिक दवाव बढेको छ ।

ढुंगाना, साउद र ढकाललगायत उच्च पदस्थहरुले ‘इन्साइडर ट्रेडिङ’ गरी बुक विल्डिङ प्रक्रियामार्फत साधारण सेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद गरेको सूचना बाहिरिएसँगै अर्थ मन्त्रालयले छानविन गरिरहेको छ ।