काठमाडौं -नेकपा एमालेबाट माधव नेपाल बाहिरिएपछि पहिलो पटक केन्द्रीय कमिटीको बैठक आज बस्दैछ ।
दिउसो १२ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बस्ने बैठकले स्थायी कमिटीले गरेको निर्णयहरु अनुमोदन गर्नेछ । यसैगरी विधान महाधिवेशनका लागि विभिन्न समितीहरु गठन गर्ने र नेताहरुको कार्यविभाजन गर्ने स्थायी कमिटीका एक सदस्यले जानकारी दिनुभयो । पार्टीका कमिटीलाई २०७५ जेठ २ मा फर्काएपछि नेताहरुको जिम्मेवारीमा व्यापक हेरफेरको निर्णय आजको बैठकले गर्ने सम्भावना छ ।
आजको बैठकले पार्टी विभाजनको आजको बैठकले पार्टी विभाजनको पक्षमा लागेका माधव नेपाल सहितका १४ जना साँसद र ५५ जना केन्द्रीय सदस्यलाई कारबाही गर्ने भएको छ ।







प्रतिक्रिया