अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको पार्टीबारे गोकुल बास्कोटाको टिप्पणी, ‘पुलमुनीको खेत’

माधव नेपालको पार्टीबारे गोकुल बास्कोटाको टिप्पणी, ‘पुलमुनीको खेत’


काठमाडौं- पूर्वएमाले नेता माधवकुमार नेपाल नेतृत्वमा विभाजित नेकपा एकीकृत समाजवादीले दल दर्ता प्रमाणपत्र लिएको भोलिपल्टै एमाले नेता गोकुल बास्कोटाले कडा टिप्पणी गर्नुभएको छ ।

नेपालको दललाई पुलमनीको खेतको संज्ञा दिँदै उहाँले पुलमुनीको खेतमा घर पनि नबन्ने र उब्जनी पनि नहुने उल्लेख गर्नुभएको छ ।
‘पुलमुनीको खेत कित्ता नं १६६ वाला लालपुर्जे काका दंगदास भैराथे । किन रै छ भनेको त चार मैहिनामै प्रचण्डमै विलीन हुन रै छ,’ बास्कोटाको भनाइ छ, ‘हे! राम, राम, राम पुलमुनीको खेतमा न त बन्छ घर न फल्छ धान मकै। पसीना पानीमा मल बीऊ बाढीमा हात मात्रै टाउकोमा !’

नेकपा एकीकृत समाजवादीको दल दर्ता नम्बर १६६ हो ।