अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वामदेव ‘पर्ख र हेर’ को अवस्थामा

वामदेव ‘पर्ख र हेर’ को अवस्थामा


काठमाडौं- एमालेको केन्द्रीय समिति बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम सहभागी हुनुभएन । पार्टी विभाजनपछि पहिलोपटक आज बसेको केन्द्रीय समिति बैठकमा गौतम आउनुभएन । यसअघि बोलाइएको स्थायी कमिटी बैठकमा समेत गौतम उपस्थित हुनुभएन ।

एमालेबाट अलग भएर वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ता गरिसक्नुभएको छ । गौतम माधव नेपाल नेतृत्वको नयाँ दलमा पनि जानुभएन ।

साविक नेकपा हुँदै एमालेको आन्तरिक शक्ति संघर्षमा कहिले नेपाल समूहमा त कहिले संस्थापन ओली समूहमा देखिँदै आएका नेता गौतम एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँगको छलफलपछि आफ्नो बाटो तय गर्न मनस्थितिमा देखिनुभएको छ । त्यसैले उहाँ अझै केही दिन ‘पर्ख र हेर’ को मनस्थितिमा हुनुहुन्छ ।