अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी विजययात्रा सुनिश्चित गर्न बैठकमा सरिक भएका छौँ : ओली

आगामी विजययात्रा सुनिश्चित गर्न बैठकमा सरिक भएका छौँ : ओली


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले हुँडलो मच्चाउँदा अन्तिम कित्ताकाटको अवस्थामा पुगेको बताउनुभएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधनका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

‘केन्द्रदेखि पालिकाहरुमा हाम्रो बर्चस्व थियो। केही मानिसहरूका गैरजिम्मेवार र स्वार्थी प्रवृत्तिले बिगार्‍यो । उनीहरूले पार्टीमा हुँडलो मच्चाए,’ अध्यक्ष ओलीले भननुभयो, ‘उनीहरूकै कारण आन्दोलन विभाजित भयो । केन्द्रदेखि प्रदेशसम्मका सरकार पनि ढले । अब हामी अन्तिम कित्ताकाटको अवस्थामा आइपुगेका छौँ ।’

उहाँले अब एमालेलाई एकतावद्ध बनाएर अघि लैजाने दाबीसमेत गर्नुभयो । ‘हामी एकतावद्ध रुपमा पार्टीलाई अघि बढाउनेछौँ । नयाँ प्रतिवद्धता र अठोटका साथ उपस्थित भएका छौँ,’ ओलीले भन्नुभयो, ‘यो ज्यादै खुसीको कुरा हो । हामी ठूलो संख्यामा एकतावद्ध भएर आएका छौँ । आगामी विजययात्रा सुनिश्चित गर्न हामी सरिक भएका छौँ ।’

उहाँले माधव नेपालहरू आन्दोलनको बाटो बिर्सेर गलत बाटोमा हिँडेको पनि बताउनुभयो ।