अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको केन्द्रीय कमिटी बैठक जारी (फोटो फिचर)

एमालेको केन्द्रीय कमिटी बैठक जारी (फोटो फिचर)


काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसिरहेको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको छ ।

सम्बोधनका क्रममा उहाँले केन्द्रदेखि पालिकासम्म एमालेको पकड रहेको अवस्थामा माधव नेपालहरूले हुँडलो मच्चाउँदा क्षति व्यहोर्नुपरेको बताउनुभयो ।

‘केन्द्रदेखि पालिकाहरूमा हाम्रो बर्चस्व थियो। केही मानिसहरूका गैरजिम्मेवार र स्वार्थी प्रवृत्तिले बिगार्‍यो । उनीहरूले पार्टीमा हुँडलो मच्चाए,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘उनीहरूकै कारण आन्दोलन विभाजित भयो । केन्द्रदेखि प्रदेशसम्मका सरकार पनि ढले। अब हामी अन्तिम कित्ताकाटको अवस्थामा आइपुगेका छौँ ।’

यही भदौ ८ गतेको स्थायी कमिटीको बैठकले गत असार २७ गतेको आन्तरिक विवाद समाधान कार्यदलको सिफारिसलाई कार्यान्वयन गर्दै पार्टीको संरचनालाई नेकपा (माओवादी केन्द्र)को एकतापूर्व (२०७५ जेठ २) कै अवस्थाबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । पार्टीले आगामी मङ्सिरको दोस्रो साता दशौँ राष्ट्रिय महाधिवेशन गर्ने तय गरेको छ ।

तस्बिरमा हेर्नुस् एमाले स्थायी कमिटी बैठक