काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो छाथ छाड्नेहरूप्रति कुनै गुनासो नरहेको बताउनुभएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।
‘कोही बीचैमा थाक्दा रहेछन्, आँट घट्दो रहेछ । थाक्ने थाकिरहन्छन्, अगाडि बढ्नेहरू र क्रान्तिकारी दिशामा पार्टीलाई लैजान चाहनेहरू अघि बढिरहन्छन् । अब छुटेका र छुट्न चाहेका साथीको कुरा नगरौँ, हामी क्रान्तिकारी ढङ्गले अघि बढ्ने बाटोमा लागिसक्यौँ’, अध्यक्ष नेपालले भन्नुभयो ।
उहाँले राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएको बताउनुभयो ।
प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू अप्ठ्यारोमा पर्ने भएकाले मात्र त्यसबेला पार्टी दर्ता नगरेको नेपालले बताउनुभयो । यद्यपि, अहिले साथ छाडेका नेताहरुले विभिन्न नाममा दल दर्ता गराएको र त्यो अहिले कायमै रहेको उहाँले बताए ।







प्रतिक्रिया