अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय

यस्ता छन् एमाले केन्द्रीय कमिटी बैठकका निर्णय


काठमाडौं– नेकपा एमालेले असोज मसान्तभित्र संगठित सदस्यता नविकरण गरिसक्ने निर्णय गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो ।

साथै, बैठकले भदौ १६ देखि २० गतेसम्म पार्टीमा देखापरेका समस्या समाधान र १० बुँदे भावनाअनुसार पार्टी चलायमान बनाउन जिल्ला भेला सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय समेत भएको एक एमाले नेताले जानकारी दिनुभयो । त्यस्तै, बैठकले असोज ४, ५ र ६ गते विधान महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

उहाँका अनुसार बैठकले देशैभरीका वडा अधिवेशन ६ कात्तिक र पालिकाहरूको अधिवेशन ९ कात्तिकभित्र गरिसक्ने निर्णय पनि गरेको छ ।

साथै, आजको बैठकबाट १० औँ राष्ट्रिय महाधिवेशन मंसिर १०, ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय पनि पारित भएको तीन नेताले जानकारी दिनुभयो ।