अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई एकताबद्ध बनाउने जिम्मा हामी सबैको : उपाध्यक्ष रावल

एमालेलाई एकताबद्ध बनाउने जिम्मा हामी सबैको : उपाध्यक्ष रावल


काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अब १० बुँदे सहमतीको मर्म अनुरूप अघि बढेको बताउनुभयो ।

केन्द्रीय कमिटीको बैठक सकिएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै रावलले विधान महाधिवेशन, स्थानीय तहका अधिवेशन र दशौँ महाधिवेशनका केही तिथि मितिहरू परिवर्तन भएको उल्लेख गर्नुभयो ।

‘१० बुँदेको मर्म अनुरूप एमाले अघि बढ्यो,’ रावलले भन्नुभयो, ‘यसलाई एकतावद्ध बनाएर लैजाने जिम्मा हामी सबैको हो ।’