काठमाडौं– भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काट्दा महाकालीमा बेपत्ता हुनुभएका जयसिंह धामीको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले धामीका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काटिदिँदा बेपत्ता हुनुभएका धामी अझै फेला पर्नु भएको छैन ।





प्रतिक्रिया