अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव झलनाथलाई रावलको प्रश्न :पहिले यही पार्टीबाट प्रधानमन्त्री हुने अहिले काम नलाग्ने ?

माधव झलनाथलाई रावलको प्रश्न :पहिले यही पार्टीबाट प्रधानमन्त्री हुने अहिले काम नलाग्ने ?


काठमाडौं -नेकपा एमालेका उपाधक्ष्य भीम रावलले यही पार्टीबाटै महासचिव,अध्यक्ष र प्रधानमन्त्री भइसकेका व्यक्तिले एमाले काम नलाग्ने भन्नु आश्चर्यजनक भएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै रावलले माधव नेपाल र झलनाथ खनाललाई लक्षित गर्दै आफैं दक्षिणपन्थी पूँजीवादी काँग्रेससँग सहकार्य गरेर पदमा पुग्ने अनि अरुलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो भएको उल्लेख गर्नुभएको छ । ‘नेकपा एमालेलाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरुलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो ’ रावलले लेख्नुभएको छ ‘अझ यही पार्टीको महासचिब,अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।’