अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काबुल बिस्फोटनमा परी अहिलेसम्म ८० जनाको मृत्यू,२सय भन्दा बढी घाइते

काबुल बिस्फोटनमा परी अहिलेसम्म ८० जनाको मृत्यू,२सय भन्दा बढी घाइते


काठमाडौं- अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलअगाडि बिहीबार साँझ भएका दुई विस्फोटमा परी मृत्यु हुनेको संख्या ८० जना पुगेको छ। घाइतेको संख्या २ सय नाघेको छ।

मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। न्युज एजेन्सीहरुका अनुसार बम हमलाको जिम्मेवारी आईएसआईएसको खुरासान ग्रुपले लिएको छ।
अमेरिकी सेन्ट्रल कमान्डका जनरल केनेथ म्याक्यान्जीले मृतकमा मरिन कमान्डका १२ जना रहेको बताएको छ। साथै यस कमान्डका १५ जना घाइते भएका छन्। घटनापछि काबुलको विमानस्थलबाट हुने सबै उडान रद्द गरिएका छन्।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार बिहीबार पहिलो विस्फोट हामिद कारजाई विमानस्थलको अब्बे गेटमा भएको थियो। त्यसको केही क्षणपछि विमानस्थल नजिकै बैरन होटलछेउमा दोस्रो विस्फोट भएको थियो। जहाँ बेलातयी सैनिक बसेका थिए।

विमानस्थलबाहिर तीन जना संदिग्ध व्यक्ति देखिएका थिए। यसमा दुई जना आत्मघाती आक्रमणकारी थिए। तेस्रा व्यक्तिचाहिँ बन्दुक लिएर आएका थिए।