बुटवल -लगातारको वर्षाका कारण रुपन्देहीमा पुल भासिएको छ। जसले गर्दा पूर्वपश्चिम राजनमार्ग बन्द भएको छ।
रातभर परेको पानीले रुपन्देहीको देवदह–९, घोडाहा खोलाको पुल भासिएको हो। जसका कारण बुटवलबाट पूर्व गइरहेका तथा पश्चिम आइरहेका सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्। त्यस्तै पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा रुपन्देही र नवलपरासीका ठाउँठाउँमा बनाइएका डाइभर्सनहरु पनि बगेका छन्। सडकमा पानी जम्मा हुँदा अवरोध भएको छ।
यसैबीच वर्षाका कारण रुपन्देहीका धेरै ठाउँमा डुबान भएको छ। जिल्लाको दक्षिणी मर्चवारक्षेत्र सँगै ओमसतिया, चिलिया, धकदयी, रुद्रपुरलगयातका ठाउँ डुबानमा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए। क्षतिबारे विवरण संकलन भइरहेको बताउनुभयो।






प्रतिक्रिया