अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पौडेलले आज देउवासँग निर्णायक वार्ता गर्ने

पौडेलले आज देउवासँग निर्णायक वार्ता गर्ने


काठमाडौं– नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले आज सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ता गर्ने भएको छ ।

पूर्व महामन्त्री प्रकाशमान सिंहको चाक्सीबारेस्थित निवासमा शुक्रबार बिहान बसेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन देउवासँग निर्णायक वार्ता गर्ने निर्णय गरेको नेता डा. मिनेन्द्र रिजालले जानकारी दिनुभयो ।

रिजालले महाधिवेशन तोकिएकै मितिमा सुरु गर्न देखिएका व्यवहारिक कठिनाई समाधानका लागि अग्रसरता लिने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री सिंहसहित महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. शेखर कोइरालालगायत हुनुहुन्थ्यो ।