अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अफताब आलमको मुद्दाको सुनुवाइ आज पनि रोकियो

अफताब आलमको मुद्दाको सुनुवाइ आज पनि रोकियो


काठमाडौं- नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमको मुद्दामा आज पनि सुनुवाइ स्थगित भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाश मानसिंह राउत र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलासमा एक नम्बरमै पेशी तोकिए पनि आजको सुनुवाइ स्थगित भएको हो ।

विपक्षीका कानुन व्यवसायीहरुको माग बमोजिम सर्वोच्चले आलमको मुद्दाको सुनुवाइ स्थगित गरिएको हो । यसअघि पनि यो मुद्दाको पेशी तोकेर सुनुवाइ सर्दै आएको थियो।

०६४ चैत २७ गते रौतहटको राजपुर फरहदवास्थित बमकाण्डका घाइते त्रिलोकप्रताप सिंह ‘पिन्टु’ र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जिउँदै इँटा भट्टामा जलाएको आरोप उनीमाथि लागेको छ ।