अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ सरकार विस्तार गर्दै मुख्यमन्त्री

प्रदेश १ सरकार विस्तार गर्दै मुख्यमन्त्री


विराटनगर- प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।

आज साँझ तीनदेखि पाँच जनासम्म मन्त्रीको शपथ ग्रहण कार्यक्रम राख्ने तयारी भएको छ ।

मुख्यमन्त्रीका स्वकीय सचिव अनिल राजधामीले तीन जनाको शपथ गराउनेबारे छलफल भइरहेको पुष्टि गर्नुभएको छ । पहिलो चरणमा बलबहादुर साम्सोहाङ, लछुमन तिवारी, लीलाबल्लभ अधिकारी, उषाकला राई, सावित्रा रेग्मी र बुद्धिकुमार राजभण्डारीको नाम चर्चामा छ ।