अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संवैधानिक नियुक्तिविरुद्ध परेका रिटको सुनुवाइमा प्रधानन्यायाधीश नबस्ने, इजलासबाट बाहिर

संवैधानिक नियुक्तिविरुद्ध परेका रिटको सुनुवाइमा प्रधानन्यायाधीश नबस्ने, इजलासबाट बाहिर


काठमाडौं- संवैधानिक नियुक्तिविरुद्ध परेका रिटमाथि सुनुवाइ हुने संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नबस्ने निर्णय गर्नुभएको छ ।

उक्त रिटमा पेशी तोक्ने र फैसला हुने दिन प्रधानन्यायाधीश जबरा अनुपस्थित रहने र वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले पेशी तोक्ने तयारी भएो छ ।

प्रधानन्यायाधीश जबरा समेत सहभागी संवैधानिक परिषद् बैठकले गरेको नियुक्तिको निर्णय र त्यसका लागि ल्याइएको अध्यादेशविरुद्ध परेका रिटमाथिको सुनुवाइमा निवेदक पक्षले प्रन्या जबराको सहभागितामा प्रश्न उठाएको थियो ।

केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारका पालामा विभिन्न आयोगहरूमा ठूलो संख्यामा पदाधिकारी नियुक्ति गरिएको थियो ।