विराटनगर– प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ ।
मुख्यमन्त्री भीम आचार्यले तेह्रथुमका लक्ष्मण तिवारीलाई उद्योग, वन तथा पर्यटन तथा ताप्लेजुङका बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री नियुक्त गर्नुभएको छ । दुवै मन्त्रीले शुक्रबार साँझ नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । लक्ष्मण र बलबहादुर दुवै माधव नेपाल पक्षमा हुनुहुन्थ्यो ।
पछिल्लो समय भने दुवै नेकपा (एकीकृत समाजवादी)मा नगई एमालेमै बस्ने निर्णय गर्नुभएको छ ।
संखुवासभाका तुलसी न्यौपानेले पनि मन्त्री बनाउन मुख्यमन्त्रीलाई दबाब दिए पनि सम्भव भएन ।







प्रतिक्रिया