विराटनगर- प्रदेश- १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले आफूले शीर निहुराउने काम नगरेको दाबी गर्नुभएको छैन ।
‘मलाई गौरब छ, मैले धेरै गर्न सकिन होला, जनताले जे अपेक्षा राखेका थिए, मैल गर्न सकिन होला,’ साढे तीन वर्षे कार्यकाल पूरा गर्नुभएका राईले विराटनगरमा शुक्रबार पत्रकारहरुसित भन्नुभयो, ‘तर मैले गल्ती गरेको छैन, म जतिबेला पनि जहिले पनि शीर ठाडो पारेर उभिन सक्ने, हिड्न सक्ने र बोल्न सक्ने हिसाबले काम गरेको छु ।’
पार्टी एकताका निम्ति आफूले पद त्याग गरेको बताउँदै उहाँले साढे तीन वर्ष सन्तोष नक काम गरेको बताउनुभयो । ‘हाम्रो तीन वर्ष ६ महिनाको कार्यकाल त्यतीकै बितेको छैन,’ उहाँले भन्नुभयो, ‘ हर समय हाम्रो ध्यान र दृष्टि प्रदेशको समग्र विकास र समृद्धिमा खर्च भएको छ ।’
मुख्यमन्त्रीबाट बिहीबार राजीनामा दिनुभएका राईकै प्रस्तावमा एमाले सचिव भीम आचार्य मुख्यमन्त्री हुनुभएको छ ।







प्रतिक्रिया