अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाललाई उचालेका छैनौं, पार्टी फुटाएर गलत गर्नुभयोः सुरेन्द्र पाण्डे

माधव नेपाललाई उचालेका छैनौं, पार्टी फुटाएर गलत गर्नुभयोः सुरेन्द्र पाण्डे


चितवन– नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवंम पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीमा अन्तरसंघर्ष हुन्छ तर अलगै पार्टी खोलेर जाने कुरा उपयुक्त नभएको बताउनु भएको छ ।

चितवनको सौराहामा शुक्रबार साँझ पत्रकारहरुसँगको कुरा गर्दै मुख्य कुरामा सहमति भइसकेर पनि एउटै पार्टीमा बस्न नमानेर अलगै पार्टी निर्माण गरेको बताउनु भयो ।

तत्कालिन एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी फुटाउन कसैले पनि नउचालेको उहाँको भनाइ थियो । आफूलगायत नेता कसैले पनि पार्टी फुटाउन उचालेका छैनौ। पाण्डेले भन्नु भयो, ‘संविधान र पार्टीको विधान नै उल्लंघन भएको बेला पार्टी भित्र अन्तरसंघर्ष एउटा क्लाइमेक्समा पुगेको थियो, तर अदालतले ती सबै निर्णयहरु बदर गरेपछि हामी पार्टी भित्रै फर्कने वातावरण बनेको थियो’ नेता पाण्डेले भन्नु भयो ‘एकताका लागि स्वंयम नेता नेपालले नै पहल गर्नु भएको थियो, उहाँ छुट्टिनुको विविध कारण होला ।’

‘हामी सबैले उहाँलाई (माधव नेपाल) मुख्य विषयमा सहमति भएपछि सहायक विषयमा झगडा गरेर अर्थ छैन भनेर सम्झाउने कोसिस गरेनौं, उहाँलाई व्यक्तिगत इगोले होला हाम्रो कुरा सुन्नु भएन,’ नेता पाण्डेले भन्नु भयो । सबै मिलेर पार्टीलाई अब एक ढिक्का बनाएर लैजाने गरी पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा सहभागिता जनाएको बताउनु भयो ।

पार्टीमा स्थापना कालदेखि नै अन्तरसंघर्ष हुदै आएको थियो । पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारी लगायतका नेतृत्वसंग पनि अन्तरसंघर्ष हुदै आएको थियो । तर पार्टी फुटाएर जाने भन्ने विषय उपयुक्त नभएको बताउनु भयो । पार्टी भित्रै संघर्ष गरेर अगाडि वढ्नु पर्नेमा जोड दिनुभयो ।