अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस नेता बस्नेतको चेतावनी : अग्नि सापकोटा जेल जान धेरै दिन छैन

कांग्रेस नेता बस्नेतको चेतावनी : अग्नि सापकोटा जेल जान धेरै दिन छैन


सिन्धुपाल्चोक– नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले संघीय संसदका सभामुख अग्नि सापकोटा चाँडै जेल जाने बताउनुभएको छ ।

सापकोटाको गृहजिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ कर्थलीमा शुक्रबार देक्षण कैसुङ छ्योलिङ्ग गुम्बा शिलन्यासका क्रममा बस्नेतले सापकोटाबारे सो टिप्पणी गर्नुभएको हो । सापकोटा आफ्नै कुकर्मले जले पुग्ने दाबी बस्नेतको छ ।

‘अग्नि सापकोटाजीले धेरै अपराधहरू गर्नुभयो । उहाँलाई अर्जुन लामा हत्या प्रकरण पनि बाँकी छ’, नेता बस्नेतले भन्नुभयो, ‘उहाँ (अग्निप्रसाद सापकोटा) बाट धेरै विघा सरकारी जग्गा कीर्ते गरेर जबरजस्ती हडप्ने काम भएको छ ।’

सापकोटा संघमा निर्वाचित भएर सभामुख बनेपछि जिल्लाका लागि कुनै सिन्को नभाँचेको पनि बस्नेतको भनाइ छ । ‘अग्नि सापकोटाले जिल्लाका लागि सिन्को पनि भाँचेका छैनन् । काभ्रेको अर्जुन लामा हत्या गरेको काण्डमा उनको मुद्धा बाँकी नै छु,’ उहाँले भन्नुभयो, ‘नेताहरू उहाँ जस्तै अपराधि हुनु भएन ।’