अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टी फुटेको होइन अलिकति चोइटिएको मात्र हो : ओली

पार्टी फुटेको होइन अलिकति चोइटिएको मात्र हो : ओली


काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जालझेलबाट बनेको दोहोर्‍याउनुभएको छ ।

आज ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अहिलेको सरकार जनादेशबाट होइन, जालझेलबाट बनेको हो ।’

अध्यक्ष ओलीले एमाले विभाजन नभई केही व्यक्ति मात्र बाहिरिएको पनि बताउनुभयो । उहाँले पार्टी अलिकति मात्र चोइटिएको बताउनुभयो ।

उहाँले सत्तारुढ गठबन्धनका नेताहरू परमादेशबाट सरकार बनाउँदैमा क्रान्ति गरेको भ्रममा परेको समेत आरोप लगाउनुभयो ।

अध्यक्ष ओलीले आफूहरूले फेरि पनि चुनावबाट आफ्नो शक्ति देखाउने पनि बताउनुभयो । उहाँले विकास भनेको केहो भनेर थाहा नहुने व्यक्ति आगामी चुनावमा किनारा लाग्ने समेत दाबी गर्नुभयो ।

उहाँले आफ्नो नेतृत्वको सरकारले विकास निर्माणका काम व्यापक गरेको समेत बताउनुभयो । अध्यक्ष ओलीले आफ्नो पालामा देशले विकासका साथै प्रविधिको क्षेत्रले पनि गति पाएको बताउनुभयो ।