अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरूलाई जित्न दिँदैनौं’

‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरूलाई जित्न दिँदैनौं’


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताउनुभएको छ । आज ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरूलाई जित्न दिँदैनौं,’ अध्यक्ष ओलीले भन्नुभयो ।

उहाँले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने पनि बताउनुभयो । ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन्,’ ओलीले भन्नुभयो ।

उहाँले माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले अरू पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको भन्दै एमालेसँग एक्लै लड्न सक्दिन भन्ने निश्ष्कर्षमा पुगेको पनि टिप्पणी गर्नुभयो ।