काठमाडौं– नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपालले मन्त्री पदका लागि सांसदलाई शेरबहादुर देउवाको पाउमा चढाउन खोजेको बताउनुभएको छ ।
आज युथ फोर्सले ललितपुरको लुभुमा गरेको कार्यक्रममा उहाँले नेता नेपालको आलोचना गर्दै मन्त्री पदका लागि सांसदहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाको पाउमा चढाउन लागेको बताउनुभएको हो ।
‘सुन्दैछु, ६ जनाले मन्त्री खाँदै छन् । माधव नेपालले हिजो प्रधानमन्त्री खान राजाको पाउमा दाम चढाउनुभयो,’ पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले भन्नुभयो, ‘अहिले मन्त्री खानका लागि शेरबहादुर देउवाको पाउमा आफ्ना सांसद चढाउँदै हुनुहुन्छ ।’
माधव नेपाले आफू नेतृृत्वमा हुँदा एमालेलाई ३३ सिटमा झारेको र माओवादीमा बिलय गराउन खोजेको पनि बस्नेतले आरोप लगाउनुभयो । ‘माधव नेपालले झलनाथ खनालको साथ लिएर पार्टीलाई माओवादीमा विलय गराउँदै हुनुहुन्थ्यो, त्यतिबेला केपी ओलीले रोक्नुभयो,’ उहाँले भन्नुभयो ।







प्रतिक्रिया