अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमै रहने महालक्ष्मीका मेयर र उपमेयरको घोषणा

एमालेमै रहने महालक्ष्मीका मेयर र उपमेयरको घोषणा


ललितपुर– ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ र उपप्रमुख निर्मला थापा नेकपा एमाले रहने घोषणा गर्नुभएको छ ।

उहाँहरू यसअघि माधव नेपालनिकट मानिनुहन्थ्यो । तर, अब भने श्रेष्ठ र थापाले आफूहरू माधव नेपालको पक्षमा नरहेको घोषणा गर्नुभएको हो ।

आज अध्यक्ष केपी शर्मा अ‍ोलीको उपस्थितिमा भएको कार्यक्रममा श्रेष्ठ र थापाले आफूहरू एमालेमै रहको बताउनुभयो ।

नेकपा एमाले विभाजनसँगै एकीकृत समाजवादीमा जान चाहने स्थानीय तहका जनप्रतिनिधिलाई अध्यादेशले २१ दिनको समय दिएको छ ।