अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दक्षिण कोरियामा आज १७९३ जनामा कोराना पुष्टि

दक्षिण कोरियामा आज १७९३ जनामा कोराना पुष्टि


काठमाडौं- दक्षिण कोरियामा गएको चौबीस घण्टामा कोभिड-१९ का एक हजार ७९३ जना सङ्क्रमितको पहिचान गरिएको छ । अघिल्लो दिन एक हजार ८४१ जना सङ्क्रमितको पुष्टि भएको थियो ।

दक्षिण कोरियाली स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै हालसम्म दुई लाख ४६ हजार ९५१ जनामा सङ्क्रमणको पुष्टि भएको छ । नयाँ थपिएका सङ्क्रमितमध्ये ५५९ जना सोल क्षेत्रका छन् । थपिएकामध्ये ५५ जना विदेशबाट आएका छन् ।

गएको चौबीस घण्टामा ११ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दुई हजार २७६ जना सङ्क्रमितको मृत्यु भएको हो ।

दक्षिण कोरियामा हालसम्म दुई करोड ८३ लाख ४५ हजार ४५ डोज खोप लगाइएको छ । जसमध्ये एक करोड ४३ लाख ४६ हजार ८३६ जना पूर्ण खोप पाएका छन् ।