अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज गण्डकीमा ३०४ संक्रमित थपिँदा ४५६ जना कोरोना मुक्त

आज गण्डकीमा ३०४ संक्रमित थपिँदा ४५६ जना कोरोना मुक्त


गण्डकी- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४५६ जना कोराना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा प्रदेशमा ३०४ जना सङ्क्रमित थपिएका छन् ।

प्रदेशमा सो अवधिमा १० जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । मृत्यु हुनेमा नवलपरासीपूर्वका पाँच, कास्कीका चार र स्याङ्जाका एक जना रहेका छन् । यससँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक हजार २८४ जना पुगेको छ ।

निर्देशनालयका अनुसार पदेशमा सक्रिय सङ्क्रमतिको सङ्ख्या तीन हजार ६९८ छ भने होम आइसोलेशनमा तीन हजार १८३ जना रहेका छन् । प्रदेशमा हालसम्म कूल तीन लाख छ हजार ५०४ जनाको कोरोना परीक्षण गरिएकामा ८० हजार ८७८ जना सङ्क्रमित फेला परेको र ७५ हजार ८९६ जना निको भएको निर्देशनालयले जनाएको छ ।