अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा

दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा


काठमाडौं– दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाका अनुसार यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिए अनुसार सरदरकै आसपासमा वर्षा भएको थियो ।

तेस्रो महिनाको मध्यतिर आइपुग्दा नेपालमा यस वर्षकै भारी वर्षा भएको शाखा प्रमुख मौसमविद् इन्दिरा कँडेलले जानकारी दिनुभयो ।

१३ वटा वर्षा मापन केन्द्रमा अति भारी वर्षा भएको देखिएको छ ।

अति भारी वर्षा रेकर्ड भएका स्थान पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षा मापन केन्द्र रहेका छन् ।