कपिलवस्तु- कपिलवस्तुमा एमाले फुटको असर परेन ।
माधव नेपाल समूहले कपिलवस्तुमा गठन गरेको समानान्तर कमिटीका अध्यक्ष तथा लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले एमालेमै रहने घोषणा गर्नुभएको छ ।
नेपाल निकट नेता पन्थीले पार्टी विभाजनमा कसैलाई साथ दिन नसकिने बताउनुभयो । ‘पार्टीभित्रै रहेर अन्तरसंघर्षका लागि विगतमा साथ दिएका हौं, फुटेर एमालेको भलो हुँदैन,’ उहाँले भन्नुभयो ।
पन्थीले पार्टीभित्रको अन्तरसंघर्ष पार्टी फोड्न नभई पार्टी बलियो बनाउने उद्देश्यले गरिएको बताउनुभयो ।







प्रतिक्रिया