अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाललाई भीम रावलको जवाफ, ‘धकेल्दा धकेलिनेले फर्काउँदा किन नफर्किएको ?’

माधव नेपाललाई भीम रावलको जवाफ, ‘धकेल्दा धकेलिनेले फर्काउँदा किन नफर्किएको ?’


काठमाडौं- नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले माधवकुमार नेपालप्रति ब्यंग्य गर्दै कसैले अगाडि धकेल्दा धकेलिने मान्छे पछाडि पनि फर्किनुपर्ने टिप्पणी गरेका छन् ।

‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो,’ रावलले फेसबुकमा लेख्नुभएको छ ।

नेपालले दोस्रो पुस्ताकै नेताहरूका कारण आफूहरू व्रिदोह गर्ने तहसम्म पुगेको र दोस्रो पुस्ताकै नेताहरूले छिटो एमालेबाट अलग हुनुपर्ने भन्दै निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको दाबी गर्नुभएको थियो ।

एमाले सचिव योगेश भट्टराईले पनि आफैंसँग भएका नेतालाई नेकपा एकीकृतको अध्यक्ष बनाएर उदाहरण देखाउन नेता नेपाललाई सुझाव दिनुभएको छ ।