अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काबुल विमानस्थल प्रवेशमा तालिबानले गर्‍यो थप कडाई

काबुल विमानस्थल प्रवेशमा तालिबानले गर्‍यो थप कडाई


काबुल– अफगानिस्तानबाट उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) सैनिकको अन्तिम उद्धार उडानसँगै शनिबारदेखि काबुल विमानस्थललाई तत्कालका लागि बन्द गरिएको तालिवान समूहले बताएको छ ।

तालिवान समूहले अफगानिस्तानको राजधानीलगायत प्राय सबै प्रान्तलाई आफ्नो कब्जामा लिएपछि उनीहरूको शासन कठोर हुने त्रासले दैनिक हजारौँको सङ्ख्यामा अफगानहरू बाहिरिने क्रम जारी रहेकै समय तालिवान समूहले विमानस्थल प्रवेश बन्द गरेको हो ।

तालिवान नेताहरूले विदेश पलायन हुन लागेका अफगानहरूको देशमा नै सुरक्षाको प्रत्याभूत गरिने यसअघि नै बताउँदै आएको थियो । अफगान नागरिकलाई स्वदेशमा नै रही काम गर्ने वातावरण निर्माण गरिने,सरिया कानून अन्तर्गत रहेर महिलाहरूका अधिकारलाई प्रत्याभूत गरिने र विदेशी कुटनीतिज्ञलाई सुरक्षाको प्रत्याभूत गरिने लगायतका प्रतिवद्धता तालिवान नेताहरूले गरेका छन् ।

यद्यपि अतिवादी जिहादी समूहको भनाइजस्तो शासन हुनेमा कमैले विश्वास गरेका कारण ठूलो जनशक्ति विदेशिएको छ ।

शनिबारको सूचनामा काबुल विमानस्थलमा ‘आगामी २४–३६ घण्टामा अर्को आतङ्ककारी हमलाकाअ‍े अत्यधिक सम्भावना’ रहेको अमेरिकी अधिकारीले चेतावनी दिएका छन् ।

यसैबीच, शनिबारदेखि नै विमानस्थलसम्म पुग्ने सडकका ठाउँठाउमा अवरोध खडा गरेका छन् । ती स्थानहरूमा केही वर्दीधारी तालिबान सेनाहरूले ह्युमभेस र अफगान सुरक्षा बलबाट कब्जा गरेको नाइट भिजन चश्माद्वारा अवलोकन गरिरहेका युरोन्युजले बताएको छ । विमानस्थल प्रवेश गर्ने सबै नाकालाई तालिवानले नियन्त्रणमा लिई प्रवेशमा निकै कडाई गरेका विमानस्थलमा कार्यरत एक अफगान अधिकारीले नाम गोप्य राख्ने सर्तमा बताए ।

विमानस्थलमा गरिएको आक्रमणमा १७० जनाभन्दा बढीको ज्यान गुमेको बदलामा गत हप्तान्तमा अमेरिकी हवाई आक्रमणमा कान्दाहारमा स्लामिक स्टेट (आईएस) लाई लक्षित गरी गरेको आक्रमण सो समूहका सदस्यहरूको मृत्यु भएको थियो ।